काठमाडौँ । आज मधेश प्रदेशसभा ८ वर्ष पूरा भएको छ । माघ २१ गते नै मधेश प्रदेश सभाको पहिलो बैठक बसेको थियो ।
प्रत्येक वर्ष मधेश प्रदेशसभाको वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाइँदै आएको छ । प्रदेशसभाले वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रम, जानकी बृद्धाश्रम, कबिर बाल आश्रम लगायतको संस्थामा सहयोग गरेको छ ।
त्यस्तै वृक्षारोपण तथा सरसफाईको कार्यक्रम आयोजना गरिसकेको छ । प्रदेशसभाको वार्षिकोत्सवको अवसरमा मंगलबार प्रदेशसभामै वित्तिय संघीयता विषयक कार्यक्रमको आयोजना समेत गरिएको थियो ।
आज प्रदेशप्रमुख डा। सुरेन्द्र लाभको प्रमुख आतिथ्यतामा विशेष वार्षिकोत्सव कार्यक्रमको आयोजना गरिएको प्रदेशसभाका सभामुख रामअशिष यादवले बताए ।
वार्षिकोत्सवका कार्यक्रमकालागि मिथिला कला झल्किने स्टेजको निर्माण गरिएको छ भने मिथिला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमको आयोजन गरिने बताइएको छ ।





