जेन्जी युवाको सपना पुरा गर्ने पार्टी नेपाली कांग्रेस हो : अमर सिंह पुन

पुन आगामि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन बाँके क्षेत्र नं. ३ का उम्मेदवार हुन् ।

ओमसरा घर्ति रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले जेन्जी युवाको वास्तविक माग पूरा गर्ने पार्टी नेपाली कांग्रेस भएको बताएका छन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नं. ३ का उम्मेदवार रहेका पुनले युवालाई कांग्रेसतर्फ आकर्षित गर्दै आफ्नो संदेश दिएका हुन्।

पुनले भने, “युवा साथीहरुलाई म आग्रह गर्छु – समग्र पार्टीको विचार गर्नुहोस्। तपाईंहरुले उठाएका मुद्दाहरूको फाइदा अन्य पार्टीहरू लिन खोजिरहेका छन्, जसले युवाको सपना बुझ्दैनन् र देश निर्माणको योजना छैन। त्यसैले, गलत ठाउँमा मतदान गर्दा परिणाम पनि गलत नै हुन्छ।

उनले नेपाली कांग्रेसलाई सबै जाति, धर्म, वर्ग र समुदाय समेट्न सक्षम पार्टीको रूपमा प्रस्तुत गर्दै थपे,कांग्रेसले सबै धर्म, जाती र वर्गका नेताहरूलाई अवसर दिएको छ। देशको मजबुत विकास र सबै वर्गको समावेशी नेतृत्व सुनिश्चित गर्न कांग्रेस आवश्यक छ।

पुनले बाँके क्षेत्र नं. ३ का युवाहरुलाई आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन सक्रिय भूमिका खेल्न अपिल गरे। उनले भने कांग्रेस समाजका वास्तविक समस्याहरू समाधान गर्न सक्षम पार्टी हो। त्यसैले, आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन आवश्यक छ।

युवा जेन्जी आन्दोलनको मर्म बुझेर नेपाली कांग्रेस अघि बढिरहेको पुनले बताए। नयाँ नीति र युवा नेतृत्वमा विश्वास राख्ने कांग्रेसले देशको समृद्धि र सुशासनका लागि काम गर्न सक्ने उनको भनाइ थियो।

उम्मेदवार पुनले जेन्जीसँग खुला संवाद गर्दै, कांग्रेसले देश विकासका लागि नयाँ कार्यदिशा बनाउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्