ढुवानी व्यवसायी संघको अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ, २७ माघ । संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट धर्मराज पोखरेल संघको अध्यक्षमा निर्वाचित भएका छन्। काठमाडौँको होटल हेभन रिसोर्टमा सम्पन्न अधिवेशनबाट पोखरेल संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा जय प्रसाद भट्टराई, सचिवमा कुमार श्रेष्ठ, सह–सचिवमा नवराज भुजेल, कोषाध्यक्षमा प्रकाशसिंह धामी निर्वाचित भएका छन्। संघको कार्यसमिति सदस्यमा सुजन सिलवाल, राजकुमार बि।सी, निरज श्रेष्ठ, कान्तिकुमारी खड्का निर्वाचित भएका छन्।

संघको साधारण सभामा बोल्दै दुवानी व्यवसायी महासंघ – नेपालका अध्यक्ष माधव प्रसाद नेपालले राज्यले ढुवानी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन आवश्यक रहेको बताएका छन्। उनले ढुुवानी व्यवसायीलाई राजस्व अनुसन्धानको नाममा अनावश्यक दुःख दिने काम हुने गरेको र बजेटमा पनि व्यवसायी मैत्री कर प्रणाली लागू गुर्नपर्नेमा जोड दिए। उनले भने,‘हामी सरकारका निकायसँग समन्वय गरेर अघि बढेका छौँ। यस व्यवसायलाई मर्यादित र व्यवस्थित गर्ने दायित्व राज्यको हो।

काठमाडौँमा ट्रान्सपोर्ट नगरको आवश्यकता छ। राज्यले व्यवसायीलाई जग्गा उपलब्ध गराएर यस व्यवसायको व्यवस्थापनमा महासंघसँग समन्वय गरेर सरकार अघि बढ्न आवश्यक छ।’ उनले यस व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण समस्या भएको र यसलाई न्यूनिकरण गर्न व्यवसायी पनि जिम्मेवार हुनुपर्नेमा जोड दिए।

नयाँ नेतृत्व चयनसँगै संघको संगठनात्मक सुदृढीकरण, व्यवसायिक हक–हितको संरक्षण तथा ढुवानी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल गर्दै आगामी कार्यदिशा तय गरेको छ।

व्यवसायीले नीतिगत सवालमा राज्यले गरेको उपेक्षाप्रति आक्रोस व्यक्त गर्दै तत्काल यस क्षेत्रका समस्या समाधान गर्न माग गरेका छन्। कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष अच्युत राज खनाल, उपाध्यक्ष अरुणकुमार श्रेष्ठ, महासचिव पुष्पराज श्रेष्ठ, निवर्तमान अध्यक्ष विश्वनाथ खनाल लगायत सहभागि भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्