सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढ्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाण्डौं, २७ माघ । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ । आज सुन तोलामा तोलामा ९ सय रुपैयाँले बढेको छ । सुन तोलाको ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर तोलाको ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्