बजेट पारित गर्न कांग्रेस र माओवादीको ह्विप, अन्य दलले बैठक पछि धारणा बनाउँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १३ असार । बजेट प्रति असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक सुरु हुनु अघि असन्तुष्ट दलहरुको  संसदीय दलको बैठक बस्न लागेको हो ।

जसअनुसार नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले बैठक राखेर बजेटका बारेमा धारणा बनाउन लागेका हुन ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेट पारित गराउन ह्विप जारी गरे पनि सत्तारुढ चार दलले भने असन्तुष्टी जनाउँदै आएका छन । उनीहरुले यथास्थितिमा बजेट पारित गर्न नदिने यस अघि सार्बजनिक रुपमा धारणा राख्दै आएका थिए ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बुधवार बिहान बस्ने बैठक पछि मात्रै धारणा बनाउने जानकारी दिए ।

बुधवारकाे बैठकवाट बजेट पारित गर्ने तयारी सरकारले गरेकाे छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी