काठमाडौं, १६ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नीति अधिवेशनबाट चूनावी गठबन्धनका बिषयमा स्पष्ट पार्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस सत्ताका लागि जे पनि गर्ने भनेर छाप परेको भन्दै यसलाई परिवर्तन गर्नका लागि नीति अधिवेशनबाट चूनावी गठबन्धनका बिषयमा स्पष्ट पार्नुपर्ने बताउनुभएको हो ।
उहाले चूनावपछिको गठबन्धन स्वभाविक भएपनि चूनावअघिको गठबन्धनका कारण कांग्रेस कमजोर बन्दै गएको धारणा राख्नुभयो ।
थापाले स्थानीय लगाएत सवै निर्वाचन हुनुभन्दा छ महिनाअघि नै सम्बन्धीत भेला बोलाएर आफ्नो उम्मेदवार छान्ने अधिकार विधानमा नै उल्लेख गर्नुपर्ने बताउनुभयो । उहाले पार्टीको मुख्य कुरा नेतृत्व भएको भन्दै नेतृत्वले सहि निर्णय लिन नसक्दा त्यसको असर समग्र रुपमा पार्टीमा पर्ने जिकिर गर्नुभयो ।
उहाले कांग्रेस बदल्न प्रत्येक सदस्य बदलिन तयार हुनुपर्ने भन्दै आफू बदलिएर देश बदल्ने अभियानमा जुट्न आह्वान गर्नुभयो ।





