विराटनगर, १६ असार । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनको प्रक्रिया अझै शुरु हुन सकेको छैन ।
सरकार गठनका लागि स्पष्ट बहुमत नभएपछि प्रदेश प्रमुख परशुराम खापुंग आफै सरकार गठनको प्रक्रिया संविधानको धारा १६५ को कुन उपधाराद्वारा आव्हान गर्ने भन्ने अलमलमा छन् ।
कोशी प्रदेशमका मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव शुक्रबारको प्रदेशसभाबाट फेल भएको थियो । संविधानको धारा १६८ को उपधारा ९२० अन्तर्गत बनेको कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएसँगै अब संविधानको सोही धाराको उपधारा (३) अनुसार आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने एमालेले बताउँदै आएको छ ।
विपक्षी गठबन्धन दलहरुले भने संविधानको धारा १६८ को (२) अनुसार नै सरकार गठनको सम्भावना जीवित रहेको बताइरहेका छन् । यस विषयमा शुक्रबार दुवैपक्षले छुट्टा–छुट्टै समयमा प्रदेश प्रमुख खापुङसँग छलफल गरेका छन् ।





