११ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका दुई नेतृलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेका छन् ।
केन्द्रीय सदस्य नानीमैया आचार्य र महिला संगठन सचिव चम्पादेवी अधिकारीलाई अनिश्चितकालका लागि निलम्बन गरिएको हो ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा केन्द्रीय अनुशासन समितिले गरेको सिफारिस अनुसार निलम्बन गरिएको उल्लेख छ ।





