मनोहरा मा हिजोको झडपपछि आज फेरि डोजरसहित टोली, डीएसपी घाइते र फोटो पत्रकार लहुलुहान बनेपछि कडा सुरक्षा घेरा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१३ वैशाख, काठमाडौं । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्ती भत्काउन डोजरसहित सुरक्षाकर्मीहरु पुगेका छन् ।

हिजो भत्काउने प्रयास गर्दा स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षाकर्मी समेत घाइते भएका थिए ।

त्यसपछि फर्किएको डोजरसहितको टोली आज बिहानै पुन: मनोहरा क्षेत्रमा पुगेको छ । सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

शनिबार काठमाडौं महानगरपालिकाले थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजलर लगाएको थियो । आज मनोहराको सुकुमवासी बस्ती हटाउने योजना छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी