१४ वैशाख, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली सेनाको भूमिकाप्रति प्रश्न उठाएका छन् ।
सरकारले सुकुमबासी बस्ती हटाउँदा सेना समेत सुरक्षामा पुगेको भन्दै प्रश्न उठाएका हुन् ।
उनले भनेका छन्, ‘राष्ट्रिय सुरक्षा परिषद् बैठक, मन्त्रिपरिषद्को निर्णय वा राष्ट्रपतिको आदेश केका आधारमा सेनाहरू सुकुमबासी बस्ती पुगे ?
सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र सयौँ सरकारी कार्यालयहरू जलिँदा बचाउन नसक्ने सेना-प्रहरीहरू, बालेनको आदेशमा गरिबका घर भत्काउन किन यति तत्पर देखिन्छन् ?’
उनले सेनाको मालिक को हुन् ? कुन स्वार्थ वा प्रभावमा चलिरहेका छन् भन्ने प्रश्न अब आम जनताले गम्भीर रूपमा बुझ्नुपर्ने समय आएको समेत बताएका छन् ।





