प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१४,बैशाख काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे नखुलाइए पनि सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछन् । उनका अनुसार सम्भव त संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनेबारे बैठकमा छलफल हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्