कांग्रेस राष्ट्रिय सभा दलको नेताबाट सिटौलालाई हटाउने तयारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा दलको नेता परिवर्तन गर्न लागेको छ ।

हालका दलका नेता कृष्ण प्रसाद सिटौलालाई हटाएर अर्को नेता चयनको तयारी गरिएको हो ।

कांग्रेस विधानले ‘प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रिय सभा दलको नेता चयन गर्न सक्नेछ’ भन्ने व्यवस्थाअनुसार राष्ट्रिय सभामा दलको नेता परिवर्तन गर्न लागिएको स्रोतले जानकारी दिएको छ ।

‘कांग्रेसको विधानले नै प्रतिनिधिसभाको दलको नेता चयन भएपछि उसैले राष्ट्रिय सभाको दलको नेता चयन गर्ने अधिकार दिएको छ,’ स्रोतले भन्यो, ‘सोही व्यवस्थाअनुसार प्रतिनिधिसभाको दलको नेताले नयाँ म्यान्डेटअनुसार राष्ट्रियसभा दलको नेता परिवर्तनको तयारी भएको हो ।’

आज सोमबारमात्रै प्रतिनिधिसभामा कांग्रेस दलको नेता भीष्मराज आङ्देम्बे चयन भका छन् । अब उनैले राष्ट्रिय सभा दलको नेता चयन गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी