सुकुमबासीको विवरणबारे सेनाका प्रष्टीकरण : विपद् जोखिमको नक्साङ्कन गर्न विवरण मागेको दाबी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१६,बैशाख काठमाडौँ । सुकुमबासीको विवरण मागेर स्थानीय निकायलाई पत्राचार गरेको बारेमा सेनाले आफ्नो प्रष्टीकरण सार्वजनिक गरेको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्का घटनामा सुरक्षा फौज तैनाथ भएर उद्धार र राहत वितरण तथा पुनर्स्थापनाको कामलाई सहज बनाउन विवरण माग गरिएको सेनाले जिकिर गरेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गरेर भनेको छ-‘राहत, उद्धार र पुनर्स्थापनालाई सहज बनाउने उद्देश्यका साथ सम्भावित जोखिम नक्साङ्कन गर्न तथ्याङ्क अद्यावधिक गर्ने काम गरिएको सवैमा जानकारी गराउँछौँ ।’
विगतका वर्षहरूमा भएका विपद्का घटनालाई मध्यनजर राखेर बाढी, पहिरो र नदी कटानबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरेर मानवीय र भौतिक क्षति न्यूनीकरणका लागी विपद् पूर्व तयारीको योजना बनाउने काम भइरहेको सेनाले जनाएको छ । सेनाले भनेको छ, ‘जोखिमलाई दृष्टिगत गरी सरोकारवाल निकायसँग समन्वय र सहकार्य गर्दै मानवीय र भौतिक क्षति न्यूनीकरणका लागी विपद् पूर्व तयारीको योजना गर्दै आएको ।’

सेनाले बर्दिया र उदयपुर लगायतका जिल्लामा सुकुम्बासीको विवरण मागेको पत्र सार्वजनिक भएपछि त्यसबारे सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी