रविको आरोप- स्थानीय तहहरूले रास्वपाको काँधमा राखेर बन्दुक हाने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२० वैशाख, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्वासी हटाउने सन्दर्भमा स्थानीय तहहरूको आलोचना गरेका छन् ।

स्थानीय तहहरूले रास्वपाको काँधमा बन्दूक राखेर हानेको उनको आरोप छ ।

आज पार्टीको सचिवालय बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो आरोप लगाएका हुन् ।

लामिछानेले भने, ‘अहिले सरकारले अव्यवस्थित र असुरक्षित बस्तीहरूको व्यवस्थापन गर्न खोजेको हो । तर, यही बेलामा देशभरिका विभिन्न स्थानीय निकायले रास्वपाको काँधमा बन्दुक राखेर अव्यवस्थित बसोबासीलाई ‘देख्यौँ तिमीहरूले ?’ भन्ने काम गरिरहनुभएको छ, त्यसमा हाम्रो घोर आपत्ति छ ।

अव्यवस्थित मात्र होइन, असुरक्षित बसोबासीलाई सुरक्षित स्थानमा राख्न कदम चालेको हो । लालपूर्जा नभएका भूमिहीन सुकुम्वासीका हकमा शक्तिशाली प्राधिकरण बनाएर त्यसको निर्णय कार्यान्वयन हुन्छ । असुरक्षित स्थानमा बसेकालाई स्थानान्तरण गर्ने केन्द्र सरकारको निर्णय हो ।

यसको आडमा ‘देख्यौ तिमीहरूलाई उठायो’ भनेर अन्य कामहरू स्थानीय तहले गरेका छन् । कतिपयले बाटोको बिस्तार गर्ने गरिरहेका छन् । त्यसको आफ्नै मापदण्ड र कार्यविधि हुन्छन् । सरकारले असुरक्षित बसोबासीलाई मात्र हटाउन खोजेको हो अहिले । तर आजै, भोलि नै उठाउँछ भनेर आतंकित पारेका छन् । केन्द्र सरकारले त्यो काम गरेको छैन । तपाईँको भविष्य सुनिश्चित गर्ने केन्द्र सरकारको निर्णय हो ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्