सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२१,वैशाख काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि सुरु भएको हो ।

आजको बैठकमा सङ्घीय सरकारका केही मन्त्रालय खारेज र केही गाभ्ने विषयमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर निर्णय गर्ने बुझिएको छ ।

साथै आजको बैठकमा संसद् अधिवेशन आह्नवान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने बारेमा समेत छलफल हुनसक्ने बुझिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलले सङ्घमा १७ मन्त्रालय रहने प्रस्ताव तयार गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्