कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक जारी छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको १५ औँ महाधिवेशनलगायतको विषयमा छलफल भइरहेको जनाइएको छ।

पार्टीले चलाइरहेको सदस्यता अद्यावधिक नगर्ने पूर्व सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहको अडानबारे पनि छलफल केन्द्रित छ।

यसअघि वैशाख १६ गते कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्नेहरूलाई पाँच दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्