कांग्रेस संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२१,वैशाख काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल अन्तर्गत नवगठित संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने भएको छ । ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बैठक आह्वान गरिएको हो ।

संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको यस बोर्डको यो पहिलो औपचारिक बैठक भएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिए ।

बैठकमा संसदीय गतिविधि र दलको समन्वयकारी भूमिकाबारे छलफल हुने बुझिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी