सेनाको ब्यारेक भत्काएर देखाउन सरकारलाई सीके राउतको चुनौती

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२२ वैशाख, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सेनाको ब्यारेक भत्काएर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका छन्– ‘सार्वजनिक विद्यालय यदि सेना लगाएर सरकारी जग्गाबाट भत्काउने हो भने सेना चाहिँ कुन जग्गामा बसेको छ ? छुनै नहुने अति संरक्षित वन(जङ्गलभित्र सैकडौं हजारौँ रोपनी मिचेर होइन ?’

उनी थप लेख्छन्– ‘गरीब सुकुम्वासी पढ्ने झुप्रो भनेर हेप्न र भत्काउन सजिलो होला, हिम्मत भए संरक्षित र संवेदनशील वनजंगल तथा क्षेत्रहरूबाट सेनाका ब्यारेकहरू भत्काएर देखाऊ, गरीबमारा सरकार।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्