वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माद्वारा राजीनामा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

 २३ वैशाख, काठमाडौं ।  वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले पदबाट राजीनामा दिएका छन्।

अघिल्ला सरकारले गरेका सबै नियुक्ति खारेज गर्नेगरी अहिलेको सरकारले अध्यादेश ल्याएसँगै शर्माले पदबाट राजीनामा दिएका हुन्।

उनले नयाँ सरकारलाई सहजहोस् भन्ने उद्देश्यका साथ मंगलबार नै स्वास्थ्य मन्त्रालय पुगेर पदबाट राजीनामा बुझाएको बताएका छन्।

स्वास्थ्य सेवाअन्तर्गत दशौं तहमा कार्यरत शर्मा २०८१ फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्