कांग्रेस नेता लक्ष्मण कँडेल रास्वपा प्रवेश

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२३ वैशाख, काठमाडौं ।  सुर्खेत उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा कांग्रेसका नेता लक्ष्मण कँडेलले कांग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेका छन्।

बुधबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमबीच उनी रास्वपामा प्रवेश गरेका हुन्। उनलाई रास्वपा महामन्त्री भूपदेव शाहले पार्टीमा स्वागत गरेका थिए। उनीसहित अन्य केही व्यक्तिहरू पनि रास्वपा प्रवेश गरेका छन्।

कँडेलले आफू विगत २० वर्षदेखि कांग्रेससँग आबद्ध रहेको र जिल्ला कार्यसमिति सदस्यसम्म पुगेको उल्लेख गरेका छन्। साथै व्यक्तिगत सोच र भावनालाई मध्यनजर गर्दै कांग्रेस त्याग गरेको उनले बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्