२४ वैशाख, काठमाडौं । पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानले अर्को मुद्दा दायर गरेको छ ।
अख्तियार स्रोतका अनुसार, केही पूर्वमन्त्रीहरूलाई विपक्षी बनाएर दायर गरिएको मुद्दा अहिले विशेष अदालतमा रूजु हुने प्रक्रियामा छ ।
यसअघि पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो ।





