काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आशिका तामाङलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । पार्टीको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेपछि पार्टीले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको हो ।
रास्वपाले सुरु गरेको सांसदहरुलाई संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको कार्यक्रम स्थलबारे तामाङले असन्तुष्टि जनाएकी थिइन् ।
रास्वपाले उक्त प्रशिक्षण कार्यक्रम जावलाखेलको स्टाफ कलेजमा सुरु गरेको छ । उनले कार्यक्रम सिंहदरबार भन्दा बाहिर राख्न नहुने आशसहित कार्यक्रमस्थलबारे असन्तुष्टि पोखेकी थिइन् ।
यसरी पार्टीले आयोजना गरेको कार्यक्रम र पार्टीको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी गरेपछि पार्टीले उनलाई सो विषयमा स्पष्टीकरण सोध्न लागेको पार्टीका एक नेताले बताएका छन् ।





