रास्वपाको सचिवालय बैठक बस्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२७ वैशाख,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ।

आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक राखिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।

झाका अनुसार बैठकका लागि ६ वटा एजेन्डा तय भएका छन्। जसमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही सम्बन्धमा, केन्द्रीय समिति बैठक र विविध रहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्