वाम एकताको कुरा कांग्रेससाग सम्बन्ध टुट्ने छैन : प्रधानमन्त्री प्रचण्ड

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं , १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुननपर्ने बताउनुभएकाे छ ।

कम्युनिष्टहरुबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने उहाकाे भनाइ छ ।

गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवससरमा चाबहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे , ‘मैले लेफ्टहरुको युनिटीको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुनेछैन ।’

विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको भन्दै उहाले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने बताउनुभयाे ।

उहाले भन्नुभयाे , ‘कन्भिक्सनको लेभलमा मेरो कमिटमेन्ट छ । त्यसकारण यो प्रक्रिया अगाडि जान्छ, जानुपर्छ ।’

यसपटक आफू प्रधानमन्त्री नबनी नहुने स्थिति देखेर कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गर्नुपरेको पनि उहाले बताउनुभयाे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी