कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्तिविरुद्ध सर्वाेच्चमा रिट दर्ता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २२ असार । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

तर, थापाको मुख्यमन्त्रीमा नियुक्तिको विषय सर्वाेच्च अदालतमा पुगेको हो । शुक्रबार एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले थापाको नियुक्ति बदरको माग राखेर सर्वाेच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

सो रिटको आउँदो आइतबारका लागि पेसी तोकिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी