प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित, अर्काे बैठक आइतबार १ बजे बस्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २२ असार ।  प्रतिनिधि सभाको बैठक बस्दै नबसि स्थगित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेसहित विपक्षी दलहरुले सदन अवरोध गर्ने भएपछि स्थगित गरिएको हो ।

एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राखेको छ । शुक्रबार ३ बजेटका लागि बोलाइएको बैठक आइतबार १ बजेसम्मको लागि स्थगित गरिएको संघीय संसदमा महासचिव डा. भरतराज गौतमले बताउनुभयाे ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल बैठक सूचना टाँसेर बैठक स्थगित गर्न प्रस्ताव गर्नुभएकाे थियाे  । त्यहीअनुसार पर्सिसम्ममा सहमति गर्न भन्नुभएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी