काठमाडौं, २२ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकको अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रीत हुनुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा दृश्यमा खप्तड विमोचन समारोहलाई सम्बोधन गर्दै थापाले भ्रष्टाचारसँग जोडिएका कतिपय ठूला काण्डहरुमा सरकारले गरेको निर्णयमा सत प्रतिशत समर्थन रहेपनि नागरिकको अन्य अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रीत हुनुपर्ने बताउनुभएको हो ।
सरकारले भ्रष्टाचारविरोधी काम गरेको कुरामा समर्थन रहेपनि डेलिभरको सन्दर्भमा अहिले पनि आक्रोश रहेको उहाले बताउनुभयो । उहाले आर्थिक संकटताको अवस्थामा सरकारले चुस्तताका साथ काम गर्न नसकेको धारणा राख्नुभयो । थापाले बालुवाटारमा बसेर सांसदलाई टाउको गन्दै ठिकठाक भनेपनि वास्तविक रुपमा त्यो ठिकठाक नहुन पनि सक्ने बताउनुभयो । .
उहाले जनताको अपेक्षा अनुसार काम गर्न सरकारको ध्यानाकर्षण पनि गराउनुभयो ।





