गण्डकीकाे बजेट बहुमतले पारित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

कास्की, २२ असार । गण्डकी प्रदेश सरकार ल्याएको आउँदाे आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएकाे छ । प्रदेशका अर्थमन्त्री मामिला मन्त्री जीतप्रकाश आलेले गएकाे असार १ गते प्रदेशसभामा पेस गर्नुभएकाे बजेट आज पारित भएको हो ।

गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो । बजेटप्रति सत्तापक्षकै सांसदले असन्तुष्टि जनाएका थिए भने प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले विरोध गरेका थिए ।

कुल बजेटमध्ये चालुगततर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार रुपैयाँ अर्थात् ३८ दशमलव १ प्रतिशत र पुँजीगततर्फ २० अर्ब १९ करोड चार लाख ६२ हजार रुपैयाँ अर्थात् ६० दशमलव ४ प्रतिशत ल्याइएको थियो ।

सरकारले एक अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋणबाट लिने लक्ष्यसहित बजेट ल्याएको थियो । नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँटबाट नाै अर्ब पाँच करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । रोयल्टी बाँडफाँटबाट ४० करोड, ससर्त अनुदानतर्फ चार अर्ब ९४ करोड, समपूरक अनुदानतर्फ ८४ करोड, विशेष अनुदानतर्फ ७० करोड रुपैयाँ प्राप्त हुने अनुमान अर्थमन्त्री आलेकाे छ ।

प्रदेशको आन्तरिक स्रोतबाट राजस्वबापत पाँच अर्ब १६ करोड ९१ लाख सङ्कलन हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनबाट तीन अर्ब रुपैयाँ मौज्दात रहने अनुमान सरकारको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी