काठमाडौँ: प्रहरीले काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा गोली चलाएर कर्मा तामाङलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार गएराति करिब २ बजे उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो।
प्रहरीका अनुसार तामाङ चोरी तथा लुटपाटका घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। उनको खुट्टामा गोली लागेको छ र हाल ट्रमा सेन्टरमा मा उपचार भइरहेको छ।
प्रहरीका अनुसार तामाङ कैद सजाय भुक्तान गरिरहेका व्यक्ति हुन्। उनी जेनजी आन्दोलनका क्रममा फरार भएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।





