काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ चार दिनपछि काठमाडौँ फर्किएका छन् । सुनसरी र तराईका विभिन्न जिल्लामा उत्पन्न भएको तनाव मत्थर भएपछि उनी आज फर्केका हुन् ।
गत साउन १४ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेपश्चात गृहमन्त्री गुरुङ सुनसरी गएका थिए । त्यहाँ मृतकका परिवारसँग सहमति गरेर उनी सिराहा र धनुषा पुगे । हिजो र आज उनले धनुषामा हिन्दु सम्राट सेनासँग उनले वार्ता गरेका थिए ।
वार्तामा कुनै लिखित सहमति नभए पनि मौखिक समझदारी भएको बताइएको छ । सम्राट सेनाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।
गृहमन्त्रीले काठमाडौँ गएर मौखिक समझदारीका बुँदाहरुलाई कार्यान्वनयमा लाग्ने आश्वासन दिएका छन् । गृहमन्त्री गुरुङले प्रधानमन्त्री शाहलाई भेटेर आफ्नो भ्रमणमा भएका सहमतिहरुबारे व्रिफिङ गर्ने तयारी गरेको बुझिएको छ ।





