राष्ट्रिय भलिबल क्लब लिग : पुरुषतर्फको उपाधि हेल्प नेपाललाई

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ३० असार। सातौँ प्रधानमन्त्री कप एनभीए भलिबल क्लब लिगको पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो । पहिलो सेट हेल्प नेपालले जितेकोमा दोस्रो सेट भने फराकिलो अन्तरले गुमायो । तर तेस्रो सेट जित्दै हेल्प नेपाल च्याम्पियन बन्यो ।

हेल्प नेपालको जितमा पाकिस्तानी खेलाडी माजहर अली नायक बने ।

यस्तै,  महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

उषा भण्डारी प्लेयर अफ दि म्याच घोषित भइन् । लिग चरणमा पुलिसले सबै खेल जितेर फाइनल पुगेको थियो ।  पुरुषतर्फको उपाधि विजेता हेल्प नेपाल र महिलातर्फ नेपाल पुलिस क्लबले ६ लाख रुपैयाँका दरले पुरस्कार पाएका छन् । पुरुषतर्फको उपविजेता पुलिस क्लब र महिलातर्फको उपविजेता एपीएफले समान ३/३ लाख रुपैयाँका दरले पुरस्कार पाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्