एउटा कोठा हेर्न छुटेको भन्दै किशोर श्रेष्ठको निवासमा फेरि पुग्यो प्रहरी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । हिजो पक्राउ परेका पत्रकार किशोर श्रेष्ठको निवासमा आज फेरि प्रहरी पुगेको छ ।

एउटा कोठा सर्च गर्न छुटेको भन्दै प्रहरी पुगेर हैरानी दिइरहेको श्रेष्ठकी पत्नी सरस्वतीले बताइन् ।

प्रहरीले हिजै राति श्रेष्ठको नख्खुस्थित निवासमा पुगेर छापा मारेको थियो । निवासबाट कम्प्यूटर, ल्यापटपहरु बरामद गरेर लगिएको छ । आज फेरि प्रहरी पुगेपछि श्रेष्ठ परिवार आतंकित बनेका छन् ।

पत्नी सरस्वतीले आफू अदालतमा रहेका बेला घरबाट फोन आएको बताइन् ।

‘छोराछोरीहरु मात्रै घरमा छन् । प्रहरी आएर घन्टी बजाएको बजायै छ भनेर उनीहरुले मलाई फोन गरे । मैले ढोका नखोल्नु भनेको छु । हिजै रातिभरि सर्च गरेर सबै लगिसकेपछि फेरि के लिन आएका हुन् ?’ उनले भनिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी