राधा हमाल बानियाँको तीज गीत ‘भुरुरु आउँथे बाई चरी भए त’ सार्वजनिक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । गायिका राधा हमाल बानियाँको नयाँ तीज गीत ‘भुरुरु आउँथे बाई चरी भए त’ सार्वजनिक भएको छ।

खुमन अधिकारीको भाका तथा निशान बानियाँको शब्दमा तयार भएको गीतमा राधा हमाल बानियाँ र खुमन अधिकारीको स्वर रहेको छ।

निशान बानियाँको निर्देशनमा निर्माण भएको गीतको भिडियोमा अनिल पौडेल र गीता ढुङ्गाना मुख्य भूमिकामा देखिएका छन्। भिडियोमा आदर्श बानियाँ, सनश्रीना पौडेल, ऐश्वर्य बानियाँ र प्रिता वाइबा तामाङको पनि अभिनय रहेको छ।

तीजमा महिला दिदीबहिनीलाई छमछमी नचाउने उद्देश्यले तयार पारिएको गीतको भिडियोमा राजाराम सिम्खडाको कोरियोग्राफी, दिनसन शाहको सम्पादन तथा कलर ग्रेडिङ र महेश महराको छायाङ्कन रहेको छ।

गीतको भिडियो राधा हमाल बानियाँको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएदेखि भिडियोले सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।

गायिका तथा प्रस्तुतकर्ता राधा हमाल बानियाँले मौलिकताको जगमा तयार पारिएको गीत भएकाले दर्शक तथा श्रोताबाट उत्साहजनक साथ पाउने अपेक्षा व्यक्त गरेकी छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी