प्रियंका कार्कीको ‘मास्टर्नी’ १६ बर्ष मुनिकालाई देखाउन नपाइने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २९ साउन । प्रिंयका कार्कीको ‘मास्टर्नी’ १६ बर्ष मुनिकाका लागि देखाउन प्रतिबन्ध लगाइएको छ ।
 

केन्द्रीय चलचित्र जाँच समितिले प्रियंका कार्की निर्मित ‘मास्टर्नी’ फिल्मलाई १६ वर्षमुनिका दर्शकले हेर्न नपाउने गरी एडल्ट सर्टिफिकेट दिएको हो।

यसअघि दुर्गेश थापाको प्रमोशन गीत हाले पछि सुरूमा नै बिबादमा परेको प्रियंकाको पहिलो चलचित्र ‘मास्टर्नी’ अन्ततः अलि धेरै ‘भल्गर’ र ‘हिंसात्मक’ भएको भन्दै बिकास बोर्डले ‘एडल्ट सर्टिफिकेट’ दिएको हो । 

शुभेन्दु घोष निर्देशित फिल्ममा प्रियंका कार्कीका साथै आर्यन सिग्देल, अनुपविक्रम शाही, प्रमोद अग्रहरि, ऋचा शर्मा, गौरी मल्ल र सरोज खनाललगायत कलाकारको अभिनय छ।

‘मास्टर्नी’ भदौ ५ गते अर्थात् अगस्ट २१ देखि प्रदर्शनमा आउने तयारीमा छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी