काठमाडौंका पाँच स्थानबाट आज ग्यास बिक्री हुँदै, नागरिकता वा परिचयपत्र अनिवार्य

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाल आयल निगमले आज काठमाडौंका पाँच स्थानबाट विभिन्न ब्रान्डका एलपी ग्यास बिक्रीवितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा तोकिएका बिक्री केन्द्रबाट बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री गरिने भएको हो।

निगमका अनुसार अत्यावश्यक परेका उपभोक्ताले ग्यास खरिद गर्न जाँदा नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।

ग्यास बिक्री हुने स्थानमा निगमको टेकु परिसर, यातायात कार्यालय परिसर चाबहिल, राधास्वामी कीर्तिपुर परिसर, राधास्वामी बसुन्धरा परिसरपुरानो जिल्ला प्रशासन कार्यालय बबरमहल रहेका छन्।

टेकुबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास उपलब्ध हुनेछ। चाबहिलबाट नेपाल र एचपी ग्यास बिक्री गरिनेछ।

त्यस्तै, कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम ग्यास उपलब्ध हुनेछ। बसुन्धराबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ग्यास तथा बबरमहलबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, लोकप्रिय र सूर्य ग्यास बिक्री गरिने निगमले जनाएको छ।

निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र ग्यास उद्योगहरूले आफ्ना विक्रेतामार्फत पनि नियमित बिक्री गरिरहेको स्पष्ट पारेको छ। उपभोक्तालाई अनावश्यक रूपमा लामो लाइनमा नबस्न तथा आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्