काठमाडौं उपत्यकाका पाँच स्थानबाट ग्यास बिक्री, बिहानैदेखि उपभोक्ताको लाइन(तस्बिरहरू)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि काठमाडौं उपत्यकाका पाँच स्थानबाट ग्यास बिक्रीवितरण सुरु गरिएको छ। ग्यास लिन बिहानैदेखि सर्वसाधारण सिलिन्डर बोकेर बिक्री केन्द्रमा लाइनमा बसेका छन्।

नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा विभिन्न ग्यास उद्योगमार्फत तोकिएका बिक्री केन्द्रबाट ग्यास वितरण गरिरहेको हो।

निगमका अनुसार टेकुस्थित नेपाल आयल निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र वसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास बिक्री भइरहेको छ।

ग्यास खरिद गर्न आउने उपभोक्ताले अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्नेछ। विभिन्न बिक्री केन्द्रमा फरक–फरक ब्रान्डका ग्यास उपलब्ध गराइएको निगमले जनाएको छ।

निगमले ग्यास अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको स्थान र समयमा उपस्थित भएर खरिद गर्न अनुरोध गरेको छ। साथै अनावश्यक रूपमा भीड तथा लाइन नबढाउनसमेत उपभोक्तालाई आग्रह गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी