प्रकाश पराजुलीको ‘म्वाई खादै’ मा नारी वेदना, श्रीमती प्रियाको अभिनय चर्चामा (भिडियो)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा सर्जक प्रकाश पराजुलीको नयाँ तीज गीत ‘म्वाई खादै’ यतिबेला चर्चामा छ।

तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतमा पराजुलीले आफ्नै श्रीमती प्रिया अधिकारीलाई अभिनय गराएका छन्। गीत सार्वजनिक भएसँगै दर्शक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान यसतर्फ तानिएको छ।

गीतमा एउटी नारीले आफ्नो जीवनमा भोग्नुपरेका पीडा र दुःख आमासमक्ष समेत खुलेर व्यक्त गर्न नसक्ने बाध्यतालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। श्रीमान् तथा परिवारबाट पाएको पीडा र यातना सहेर पनि समाज र अरूका अगाडि मुस्कुराउनुपर्ने नारीको अवस्थालाई गीतले चित्रण गरेको छ।

भिडियोमा प्रियाको अभिनय र नृत्यले पनि दर्शकको ध्यान खिचेको छ। सामाजिक सञ्जालमा रमाइला भिडियोमार्फत परिचित हुँदै आएकी प्रियाले यसपटक भावनात्मक अभिनयमार्फत आफ्नो फरक क्षमता प्रस्तुत गरेकी छन्।

गीतमा उनले निर्वाह गरेको भूमिकालाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रशंसा गरिरहेका छन्। नारीले भोग्ने पीडा, पारिवारिक दबाब र मनभित्रको वेदनालाई गीत तथा भिडियोमार्फत प्रस्तुत गरिएकाले ‘म्वाई खादै’ले तीजको सांगीतिक माहोलमा चर्चा बटुलिरहेको छ।

पुरा भिडियो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी