जाजरकोटमा बाढीपहिरोको जोखिम बढेपछि २०० स्थानीय सुरक्षित स्थानमा सारिए (तस्वीरहरू)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

जाजरकोट । चार जनाको ज्यान जाने गरी आएको बाढीपहिरोपछि उच्च जोखिममा रहेको जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब २०० स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

रिसाङ क्षेत्रका करिब ७० घरपरिवारका २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा राख्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

जोखिममा रहेका स्थानीयको उद्धार तथा सुरक्षाका लागि प्र.स.नि. प्रेमबहादुर फौजाको कमाण्डमा १० जना प्रहरी परिचालन गरिएको छ।

प्रहरीका अनुसार झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको हो।

अविरल वर्षाका कारण क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेकाले स्थानीयवासीलाई सतर्क रहन तथा जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरिएको छ।

विपद्का बेला नेपाल प्रहरीले नागरिकको सुरक्षा, उद्धार तथा आवश्यक सहयोगका लागि निरन्तर टोली परिचालन गरिरहेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी