लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिद्धारा राष्ट्र बैंक घेराउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ६ साउन । बिभिन्न माग राख्दै आन्दोलनरत लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले शनिबार राष्ट्र बैंक घेराउ गरेको छ ।

लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने लगाएतका माग राख्दै समितिले काठमाडौंको बालुवाटारस्थीत राष्ट्र बैंक घेराउ गरेका हुन् ।

आफुहरुलाई लघुवित्तिय संस्थाहरुले ज्यादती गरेको उनीहरुको आरोप छ । उनीहरुले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगाएतका ५ बुँदे माग अघि सारेका छन् ।

संघर्ष समितिले आफुहरुको मागका बिषयमा राष्ट्र बैंक पनि गम्भीर बन्नुपर्ने जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्