असोज १७ देखि तीन दिन भीषण वर्षा हुने हल्ला भ्रामक : मौसम विभाग

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने भन्दै फैलाइएको खबर भ्रामक रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले मंगलबार सूचना जारी गर्दै भीषण वर्षासम्बन्धी भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री सामाजिक सञ्जालमा नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

असोज १७ गतेदेखि भीषण वर्षा हुने भन्दै सर्वसाधारणले विभागमा सोधपुछ गरेपछि यस विषयमा विभागको गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ ।

विभागका अनुसार मौसम पूर्वानुमान महाशाखाले असोज १७ गतेदेखि भीषण वर्षा हुने कुनै पनि पूर्वानुमान गरेको छैन । साथै, पछिल्लो मौसमी गतिविधिमा पनि खासै फेरबदल नदेखिएको विभागले जनाएको छ ।

विभागले आधिकारिक सूचना र पूर्वानुमानका लागि मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत प्राप्त अपडेटमा मात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी