चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको होइन, सुरक्षा थ्रेटपछि रेस्क्यू गरिएको सरकारको दाबी

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबी गरेको छ । सुरक्षा थ्रेट बढेपछि उनलाई रेस्क्यू गरी सुरक्षित स्थानमा लगिएको सरकारको भनाइ छ ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै जबरालाई पक्राउ वा नियन्त्रणमा नलिइएको बताएका हुन् ।

‘स्पष्ट भइसकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन । नियन्त्रणमा लिएको पनि होइन,’ पोखरेलले भने, ‘उहाँको आफ्नै परिवारबाट थप सुरक्षा माग गरी निवेदन पनि प्रहरी कार्यालयमा पठाइएको छ । उहाँको सुरक्षामा प्रश्न आइसकेपछि सुरक्षा प्रदान गर्नका लागि त्यहाँबाट रेस्क्यू गरेर लगिएको हो ।’

उनले जबरालाई नियन्त्रण वा गिरफ्तार नगरिएको दोहोर्‍याए ।

‘उहाँहरूले नै सुरक्षा माग गरेर पत्र दिनुभएको छ । त्यसले नै यो कुरा पुष्टि गर्छ,’ पोखरेलले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी