कांग्रेसको क्षेत्रीय अधिवेशनमा केही ठाउँमा विवाद

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेका प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका क्रममा केही ठाउँमा विवाद देखिएको छ।

प्रायः प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका क्रममा क्षेत्रीय कार्यसमिति सर्वसम्मत चयन भए पनि केही स्थानमा महाधिवेशन प्रतिनिधि चयनमा विवाद देखिएको हो।

क्षेत्रका नेताहरूले सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गर्ने भनेपछि निर्वाचन समितिले कतै निर्वाचन प्रक्रिया अघि नबढाउँदा र कतै व्यवस्थापन फितलो हुँदा स्याङ्जा–२, सिन्धुपाल्चोक–२, काभ्रे–२, दैलेख–२ र काठमाडौं–३ मा विवाद उत्पन्न भएको छ।

स्याङ्जा–२ मा मतदानका क्रममा व्यवस्थापन फितलो भएको भन्दै विवाद देखिएको हो। निर्वाचन समितिले बुधबार बैठक बसेर बिहीबार मतदान प्रक्रिया अघि बढाउने बताएको छ।

सिन्धुपाल्चोक–२ को क्षेत्रीय अधिवेशन स्थगित भएको छ। नेता बंशलाल तामाङ पक्षले मतदानमा धाँधली भएको भन्दै विवाद गरेपछि अधिवेशन स्थगित भएको हो।

सिन्धुपाल्चोक–२ मा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र प्रयोग गरिएको विषयमा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको छ। मंगलबार नेता बंशलाल तामाङले फर्जी मतपत्र भेटिएको भन्दै मतपेटिकामा खुट्टा प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

यस्तै, काभ्रे–२ मा मनोनयन दर्ता भइसक्दा पनि सहमतिका नाममा अन्तिम नामावली प्रकाशित नगरेको भन्दै झण्डै एक दर्जन आकांक्षीले निर्वाचन प्रक्रिया अघि बढाइदिन केन्द्रीय निर्वाचन समितिसँग माग गरेका छन्।

काभ्रे–२ का २३ जना महाधिवेशन प्रतिनिधिले निर्वाचन प्रक्रिया अघि बढाउन माग गर्दै बुधबार केन्द्रीय निर्वाचन समितिसमक्ष निवेदन दिएका छन्। निवेदन दर्ता प्रक्रियामा संलग्न खुला तर्फका महाधिवेशन प्रतिनिधिका उम्मेदवार प्रकाश थापाले केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवाललाई निवेदन दिएको जानकारी दिएका छन्।

निर्वाचन समितिले उम्मेदवारहरूसँग सम्पर्क नगरी निर्वाचन प्रक्रिया सम्पन्न भएको भ्रामक सूचना जारी गरेकाले आफूहरूले निर्वाचन प्रक्रिया अघि बढाउन माग गर्दै निवेदन दिएको उनले बताए।

त्यसैगरी, दैलेख–२ मा महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुनुपर्ने माग राख्दै उम्मेदवारहरूले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका छन्। सर्वसम्मतिको नाममा सूचना टाँस गरेर महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रयास गरिएको भन्दै उम्मेदवारहरूले मंगलबार निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन्।

तालाबन्दी गर्नेमध्येका महाधिवेशन प्रतिनिधि रामचन्द्र भण्डारीले बुधबार दिउँसोसम्म मतदान प्रक्रिया अघि बढाउने विषयमा कुनै निर्णय हुन नसकेको र तालाबन्दी यथावत रहेको बताएका छन्।

यता, काठमाडौं–३ मा सम्पन्न क्षेत्रीय सभापति पदको निर्वाचन प्रक्रिया रद्द गर्न माग गर्दै जिल्ला निर्वाचन समितिमा उजुरी परेको छ। क्षेत्रीय सभापति पदका उम्मेदवार दुर्गा ढुंगेलले मंगलबार जिल्ला निर्वाचन अधिकृतसमक्ष निर्वाचन प्रक्रिया रद्द गर्न माग गर्दै निवेदन दिएका छन्।

उम्मेदवारहरूलाई उम्मेदवारी मनोनयन तथा स

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी