दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न अनुमति

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बिहीबार काठमाडौँ जिल्ला अदालतले साइबर ब्युरोलाई थप एक दिन अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले उनलाई उपस्थित गराउन आदेश दिएको थियो ।

प्रसाईंलाई असार १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।


प्रसाईंले युट्युबमार्फत छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी