मनाङको हिम्लुङमा हिउँपहिरोमा मृत्यु हुने १५ जनाको नाम सार्वजनिक, अझै एकजना बेपत्ता

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १६ असोज । मनाङको हिम्लुङ हिमालमा हिउँपहिरोमा मृत्यु हुने १५ जनाको नाम सार्वजनिक भएको छ । नेपाल प्रहरीले शुक्रबार हिमपहिरोमा मृत्यु र बेपत्ता हुनेको नाम सार्वजनिक गरेको हो ।

असोज २ गते काठमाडौंबाट हिमालय होलिडे कम्पनीका २१ जना नेपाली पुरुष तथा इमेजिङ नेपाल कम्पनीका ६ जना नेपाली पुरुष गरी जम्मा २७ जना मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ क्षेत्रमा बेस क्याम्प स्थापना गर्न गएका थिए ।

उनीहरू असोज ११ गते राति करिब १२:४५ बजे आएको हिमपहिरोमा परेका थिए । हिमपहिरोमा परेका २७ मध्ये ११ जना सकुशल रहेको तथा १६ जना सम्पर्कविहीन भएकोमा खोज तथा उद्धारका क्रममा हालसम्म १५ जनाको शव फेला परेको छ । बपत्ता हुनेमा ओखलढुंगाका वर्ष ३८ का पासाङ नुरी शेर्पा छन् ।

हालसम्म शव फेला परेकामा संखुवासभाका छेवि भोटे र पासाङ भोटे, गोरखाका विरेन्द्र गुरुङ, खोटाङका घनश्याम राई, सुरज राई र लककुमार गुरुङ, रुकुम पूर्वका कलम बुढा, काभ्रेका बिर्खध्वज तामाङ र जगत तामाङ, वतन तथा उमेर नखुलेका ङिमा दोर्जे तामाङ र सन्तवीर तामाङ, सिन्धुपाल्चोकका उर्खध्वज बोहोरा, ओखलढुंगाका वर्ष ६३ का प्रेम तामाङ, गोरखाका वर्ष ५८ का आश गुरुङ र दोलखाका वर्ष ४७ का कृतिबहादुर तामाङ छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्