नवलपरासी बस दुर्घटना : मृत्यु भएका ६ मध्ये ५ जनाको परिचय खुल्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनामध्ये ५ जनाको परिचय खुलेको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो। बसमा चालकसहित १८ जना सवार रहेकामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएका र २ जना सकुशल रहेका छन्।

सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा मृत्यु हुनेमा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुराको स्वामीकार्तिकका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँकेको कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र बाँकेको नेपालगञ्ज–७ का २२ वर्षीय कृष कनौजिया रहेका छन्।

यस्तै, नामथर र वतन नखुलेका ४०–४२ वर्षका एक पुरुषको पनि घटनास्थलमै मृत्यु भएको छ।

घाइतेहरूको नवलपरासी र चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्