काठमाडौं । नेपाली कांग्रेसका नेताद्वय जीवन परियार र गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। परियार र भट्टराईले सोमबार औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन्।
कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा जारी छ। परियार पूर्वसहमहामन्त्री हुन्। शेखर कोइरालानिकट रहेका परियार अहिले संस्थापन पक्षतिर खुलेका छन्।
नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सभापति तथा केन्द्रीय सदस्य रहेका भट्टराईले पनि बदलिँदो राजनीतिक परिवेशमा कांग्रेसलाई युवासँगै अनुभवी तथा परिपक्व नेतृत्वको आवश्यकता रहेको बताए।
बदलिएको कांग्रेसलाई अघि बढाउन जेनजी युवासँगै परिपक्व नेतृत्व आवश्यक पर्ने भएकाले उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेको भट्टराईले बताए।





