दुर्घटनामा परेको जिपबाट ३४१ किलो गाँजा बरामद, एक जना पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा दुर्घटनामा परेको जिपबाट प्रहरीले ३४१ किलो गाँजा बरामद गरेको छ।

धनकुटाबाट भेडेटारतर्फ आउँदै गरेको बा १३ च ६२७५ नम्बरको जिप दुर्घटनामा परेको थियो। दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। जिप सडकबाट करिब १५ मिटर तल खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जिप जाँच गर्ने क्रममा बोरामा प्याक गरी लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। गाँजा बरामद भएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–९ घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय अमित विश्वकर्मा रहेका छन्। उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्