काठमाडौं । धादिङस्थित पृथ्वीराजमार्गको गलौँदीमा सडक भासिएपछि दुईतर्फी सवारी आवागमन बन्द भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा इन्स्पेक्टर श्यामकुमार बस्नेतका अनुसार सडक भासिएपछि दुवैतर्फको आवागमन अवरुद्ध भएको हो ।
उनका अनुसार सडकको बीच भागमा चिरा परेर भासिने क्रम जारी छ ।





