जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

रूपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य बिदेश्वर यादव (विक्की) ले पार्टीबाट राजीनामा दिएका छन् ।

पार्टीको युवा, विद्यार्थी तथा खेलकुद विभागका प्रमुखसमेत रहेका यादवले पार्टीभित्र व्यक्तिकेन्द्रित निर्णय, आन्तरिक लोकतन्त्रको कमजोर अवस्था र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रवृत्तिको अभावप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । उनी पार्टी अध्यक्ष उपेन्द्र यादवकै क्षेत्रका हुन् ।

२०८३ असोज २३ गते सार्वजनिक गरेको राजीनामा पत्रमा उनले पार्टी विचार र जनताको मुद्दाभन्दा सीमित नेतृत्वको स्वार्थमा केन्द्रित हुँदै गएको आरोप लगाएका छन् ।

मधेस आन्दोलनका मुद्दा, संघीयता, सामाजिक न्याय, समानुपातिक समावेशिता र पहिचानका पक्षमा आफ्नो प्रतिबद्धता कायम रहने उल्लेख गर्दै यादवले पार्टी छाडे पनि ती मुद्दा नछाड्ने बताएका छन् ।

उनले व्यक्तिभन्दा जनता, नेतृत्वभन्दा विचार र पदभन्दा स्वाभिमान ठूलो हुने उल्लेख गर्दै आफ्नो निर्णयलाई राजनीतिक विवेक र वैचारिक प्रतिबद्धताबाट प्रेरित कदमका रूपमा व्याख्या गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्