बुढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, २७ घर आंशिक क्षति

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६, चुम्लिङ नजिकै आएको बाढीले आसपासका क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपहिरोका कारण हालसम्म ४५ घर पूर्ण रूपमा र २७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ३४ गोठमा क्षति पुगेको छ।

विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र पारिएको प्राधिकरणले जनाएको छ।

प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन भएका छन्। प्राधिकरणको विवरणअनुसार नेपाली सेनाको विपद् प्रतिकार्य टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ठूलो संख्यामा सुरक्षाकर्मी उद्धार तथा व्यवस्थापन कार्यमा खटिएका छन्।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा सडक र हेलिकोप्टरमार्फत राहत सामग्री पठाइएको प्राधिकरणले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी